Nepal's First Video FM

फेरी भयो मुग्लिन नारायणगढ सडक निर्माणको म्याद थप !आखिर कहिले पुरा हुन्छ त निर्माण पुरा? पढ्नुहोस्

556

चितवनको नारायणगढ–मुग्लिन सडक निर्माणको समयावधि चौंथो पटक थपिएको छ । तेस्रो पटकको म्याद फागुनको पहिलो साता सकिएपछि पुन: तीन महिनाको म्याद थपिएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिनुभयो । दुई वर्षभित्र काम सक्ने गरेर नारायणगढ मुग्लिन सडक बिस्तारका लागि सन् २०१५ को अप्रिलमा सम्झौता भएको थियो । तराई आन्दोलन र नाकाबन्दीका कारण उत्पन्न इन्धन संकट लगायत कारण समयमा काम सक्न नसकेको आयोजनाका अधिकारी र निर्माण व्यवसायीहरुले बताउँदै आएका छन् ।

सूचना अधिकारी खनालका अनुसार अहिलेसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । सबैभन्दा धेरै दासढुंगा देखि सिमलतालसम्म ९१ प्रतिशत काम सकिएको छ भने सिमलतालदेखि मुग्लिनसम्म जम्मा ७१ प्रतिशतको हाराहारीमा काम भएको आयोजनाले जनाएको छ । सो सडकका लागि फरक फरक तीन निर्माण कम्पनीलाई जिम्मा दिइएको छ । नेपाल भारत क्षेत्रीय व्यपार आयोजना अन्तर्गत सो सडक बिस्तार हुन लागेको हो । साडे पाँच मिटर चौडा रहेको सो सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाइदै छ । निर्माणपछि सो सडक नौ देखि ११ मिटर चौडा हुने आयोजनाले जनाएको छ ।
इकान्तिपुर

You might also like

Comments are closed.