Nepal's First Video FM

आजको राशिफल !पढ्नुहोस

440

मेष – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मान प्रतिष्ठा बृद्धि हुनेछ । कुटुम्बको सहयोग मिल्नेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

वृष – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । महिला वा मित्र बाट सहयोग मिल्नेछ । व्यापार व्यसायबाट लाभ हुनेछ ।

मिथुन – (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनमा निरासा र शरीरमा आलस्य आउला । सामान हराउने वा चोरी हुने भयछ । स्वास्थ्यमा खरावी आउनेछ ।

कर्कट – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) छोटो दुरीको लाभदायक यात्रा हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । न्यायिक कार्यमा सफलता पाईनेछ ।

सिंह – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ काम वा रोजगार पाईनेछ । बित्तिय संस्था बाट सहयोग मिल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

कन्या – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । व्यापार व्यवसायमा फाईदा होला । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेमी/प्रेमिकाका बिच खिन्नता बढ्नेछ । कार्य सम्पादनमा समस्या आउला । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।

वृश्चिक – (तो, ना, नि, नु, ने, नो, या, यि, यु) घरमा अतिथीको आगमन हुनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । ब्यापार ब्यवसायबाट आम्दानी हुनेछ ।
धनु – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभ/अशुभ समाचार सुनिएला मध्यम खालको दिन छ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।

कुम्भ – (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गरेका काममा ढिलासुस्ती हुनेछ । साना–तिना समस्यामा अल्झिनुपर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

मकर – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभकार्यको चर्चा चल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ ।

मीन – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भौतिक साधन जुटाउने समय छ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

-ज्यो.प.नारायणप्रसाद दुलाल
हाम्रो पात्रो

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.