Nepal's First Video FM

वाम एकता घोषणा हुने दिन नजिकिदै ! पढ्नुहोस्

422

चैत्र ९,एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् ।

स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।

२००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । आजको कान्तिपुरको पहिलो पृष्ठमा यो खबर छ ।

२०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुईटा मूलधारका रुपमा एमाले र माओवादी छन् ।

अब दुवै मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरुको तर्क छ ।

उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् । radionrn

You might also like

Comments are closed.