Nepal's First Video FM

२६ बर्षपछि नियमित हवाई उडान शुरु

561

चैत्र ९, बाग्लुङको बलेवा बिमानस्थलमा २६ बर्षपछि पहिलो पटक आजबाट नियमित हवाई उडान शुरु हुने भएको छ । काठमाडौंबाट यात्रु लिएर तारा एयरको बिमान पहिलोपटक बिहान ११ बजे बलेवा अवतरण गर्नेछ । बागलुङ नगरपालिका र नेपाल नागरिक उड्ययन प्राधिकरण बीचको सम्झौता अनुसार सातामा दुइ वटा उडान हुने छन् । नेपाल एयरलाइन्स र ताराले पालैपालो उडान भर्ने सहमति भएको हो ।

गत चैत ५ गते परीक्षण उडान सफल भएपछि आजदेखि नियमित उडान गर्न लागिएको हो । सम्झौतामा १२ सिट भन्दा कम यात्रु भएमा नगरपालिकाले सिट भार बहन गर्नेछ । नगरपालिकाले बलेवामा कार्यालय संचालनका लागि निशुल्क जग्गा उपलब्ध गराउने सम्झौता छ । नियमित उडान भएमा प्राधिकरणले आगामी बर्ष १५ करोड रुपैयाँ लगानी गरेर मैदानलाई कालोपत्रे गर्ने आश्वासन दिएको छ ।

मैदान बाहेकका पूर्वाधारका लागि चाहिने जग्गा भने नगरपालिकाले उपलब्ध गराउनेछ । बलेवा बिमानस्थल संचालनमा आएमा बागलुङ, पर्वत र म्याग्दीका मानिसले राजधानी जान हवाई मार्ग प्रयोगमा ल्याउन पाउनेछन् । काठमाडौंस्थित त्रिभूवन बिमानस्थल देखि बलेवाको उडान ४५ मिनेटको हुनेछ । २०१८ सालमा बनेको मैदानमा २०४८ साल सम्म नियमित जहाज चलेपनि पोखरा बागलुङ सडकमार्ग बनेपछि यो बिमानस्थल बन्द भएको हो । इकान्तिपुर

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.