Nepal's First Video FM

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

436

चैत्र ९, थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।

उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त प्रान्तको सडकको नाजुक अवस्था रहेकोले समय समयमा यसरी सवारी दुर्घटना हुने गर्दछ । प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यानदिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गर्नुभएको छ । रासस

You might also like

Comments are closed.