Nepal's First Video FM

वन संरक्षणमा महिलाको सहभागिता बढ्यो

322

चैत्र ९, पछिल्लो समयमा जिल्लामा सामुदायिक वनको संरक्षणमा महिला सहभागिता बढेको सामुदायिक वन उपभोक्ता महासंघले जनाएको छ ।

पाँच सय चारवटा सामुदायिक वन समूहमध्येमा ९३ वटा वन समूहको नेतृत्व महिलाले गरिरहेका सामुदायिक वन उपभोक्ता महांसघका जिल्ला अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिनुभयो ।

महिलाले सञ्चालन गरेका वन समूह फस्टाउँदै गएका छन् । वन जोगाउने काममा महिला सक्रिय भएर लाग्नुका साथै आफ्नो क्षमता प्रदर्शन गरिरहेका छन् । वन समूहमा आवद्ध महिला विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व तहमा समेत पुगेका छन् । निर्णायक तहमा महिलाको प्रतिनिधित्व बढेको सामुदायिक वन उपभोक्ता समूहका पूर्व केन्द्रीय सदस्य पदमा चौधरी बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ,–“अहिले महिलाले आयआर्जनकालागि घुम्ती कोष सञ्चालन गर्नुका साथै सहकारीदेखि प्राकृतिक स्रोत साधनको संरक्षणमा पनि सक्षम बन्दै गएका छन् ।’’ रासस

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.