Nepal's First Video FM

लोकप्रिय सर्जक तथा गायक भगवान भण्डारी र लक्ष्मी खड्काको आवाजमा नया गीत ‘झ्यालैमा ऐना’ बजारमा

350

लोक दोहोरी क्षेत्रका एक शिखर व्यक्तित्व बरिष्ठ गीतकार तथा गायक भगवान भण्डारीको उत्कृष्ट लोकदोहोरी गीत ‘झ्यालैमा ऐना’ बजारमा आएको छ। अमेरिकामा बस्दै आएका उनि पछिल्लो समय आफ्नै स्वरमा गीत बजारमा ल्याउन थालेका छन।धेरैले नया गीतलाई पुरानो दिनको याद मेटाए भन्दै युटुबमा कमेन्ट गर्न थालेका छन।

उनले सृजना गरेका हजारौ गीतहरु दोहोरी क्षेत्रमा लोकप्रिय बन्न सफल भएका छन।कालजयी सृजना गर्ने भण्डारीले आफ्नो गीतमा आफै आवाज दिएका हुन्।भगवान भण्डारी र लक्ष्मी खड्काले आवाज दिएको उक्त गीतमा लय शब्द पनि भगवान भण्डारीकै रहेको छ।

टिकटक स्टार सुधिर श्रेष्ठ र उसा उप्रेतीले अभिनय गरेको उक्त गीतमा धेरैजसो भिडियोको दृश्य मौलिक देखाउन खोजिएको पाईन्छ।मौलिक सृजना भित्र मौलिक भिडियो बनेकै कारण हुन सक्छ यो गीत अत्याधिक दर्शकको मन जित्ने देखिन्छ।गीतमा निर्देशन भने प्रकाश भट्टले गरेका हुन् भने छायांकन नबराज उप्रेतीले गरेका हुन्।बिष्णु शर्माको सम्पादन रहेको गीत भगवान भण्डारीकै युटुब च्यानल मार्फत बजारमा आएको छ।पुरा गीत हेरेर कमेन्ट गर्नुहोस :

You might also like

Comments are closed.