Nepal's First Video FM

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवाप्रति नेता सिहकाे कडा आलोचना

529

चैत ९, नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा काँग्रेसले प्राप्त गरेको अनपेक्षित परिणामका बारेमा समग्र रुपमा समीक्षा हुने कांग्रेसले जनाएको छ ।

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइरालालगायत पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सहभागी छन् ।

बैठकमा पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले गत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेस हार्नुको कारणको गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने बताउनु भएको छ ।

 सभापति देउवाप्रति कडा आलोचना गर्दै नेता सिंहले प्रचण्डकी छोरी जिताउन सती गएकोदेखि पार्टी सिध्याएकोसम्म अरोप लगाउदै अहिले कांग्रेस इतिहासमै कमजोर भएको बताउनु भयो ।

अहिले अन्य नेताहरुले बोल्ने क्रम जारी छ । निर्वाचनपछि काँग्रेसको यो पाँचौँ केन्द्रीय कार्यसमिति बैठक भए पनि हालसम्मका बैठकमा निर्वाचनको परिणामका बारेमा विस्तृत समीक्षा हुन सकेको थिएन ।

विस्तृत छलफलका क्रममा तीन÷चार दिनसम्म चल्ने यस बैठकले पार्टीको महासमिति बैठकको मिति र स्थान पनि तोक्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

साभार : एन अार एन

You might also like

Comments are closed.