चैत १०, नेकपा माओवादी केन्द्रले जतिसक्दो छिटो पार्टी एकता गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दहाल निवास खुमलटारमा आज बसेको पार्टी हेडक्वार्टर बैठकले जतिसक्दो चाँडो पार्टी एकता गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली भारत भ्रमणमा जानुअघि नै एकता गर्ने बिषयमा पनि पार्टीमा छलफल भएको छ । पार्टी एकताको सांगठनिक र सैद्धान्तिक विषय मिलाउन गठन गरिएका दुई कार्यदलले कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसर पारेर बैशाख ९ गते पार्टी एकता गर्ने तयारी गरेपनि त्यसअघि नै एकता गर्नुपर्ने पक्षमा माओबादी रहेको छ ।
Comments are closed.