Nepal's First Video FM

भारतका प्रधानमन्त्री मोदी भने – भारत–नेपाल सम्बन्ध विश्वमै उदाहरणीय छ

252

काठमाण्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले भारत–नेपाल सम्बन्ध विश्वमै अनुपम उदाहरणका रूपमा विकास भइरहेको बताउनुभएको छ । तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्ता भएको थियो ।

दुवै देशका प्रधानमन्त्रीले नेतृत्व गर्नुभएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनलाई नयाँ दिल्लीको हैदराबाद हाउसमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारत र नेपालको मैत्री, दुई देशका जनताबीचको सम्बन्ध एउटा अनुपम उदाहरणका रूपमा रहेको र त्यस्तो सम्बन्ध विश्वका अन्य कुनै पनि देशमा नदेखिएको बताउनुभएको हो ।

भारत र नेपालको सभ्यता, संस्कृति र पारस्परिक सम्बन्ध आदानप्रदानको डोरी प्राचिनकालदेखि जोडिएको बताउँदै उहाँले भन्नुभयो, ‘अनादिकालदेखि हामी एकअर्काका सुख–दुःखका साथी हौँ ।’ प्रधानमन्त्री मोदीले नवरात्र प्रारम्भ भएको पवित्र दिन नेपालका प्रधानमन्त्रीलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै नेपाल र भारतका नागरिकहरूमा नवरात्रको शुभकामना पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवा भारतका पुराना मित्र हुनुहुन्छ भन्दै उहाँले भारत–नेपाल सम्बन्धलाई उन्नत एवम् गतिशील तुल्याउन देउवाले निर्वाह गर्नुभएको भूमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

You might also like

Comments are closed.