Nepal's First Video FM

पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु

621

चैत ११, अरुण तेस्रो जलविद्युत् परियोजना संखुवासभामा सिनियर मेनेजरका रुपमा काम गर्दै आएका एक कर्मचारीको खोलामा डुबेर मृत्यु भएको छ ।

भारतको हिमाञ्चल प्रदेश किन्नर जिल्ला घर भई हाल अरुण तेस्रो जलविद्युत्मा कार्यरत ३५ वर्षको गौरव मेघी गुरुङको  खाँदबारी नगरपालिका–९ स्थित सभाखोलाको आइतबारे दहमा पौडी खेल्ने क्रममा पानीमा डुबेर मृत्यु भएको हो ।

गुरुङको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

You might also like

Comments are closed.