Nepal's First Video FM

अर्घा भगवती विमानस्थल अर्घाखाँचीको निर्माण कार्य शुरु

774

चैत ११,  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका १३ धरमपानीमा अर्घा भगवती विमानस्थल अर्घाखाँचीको औपचारिक रुपमा निर्माण कार्य शुरु भएको छ । अर्घा भगवती विमानस्थल अर्घाखाँचीको निर्माणस्थलको रुख कटान कार्यको सुरुवात भएको हो । निर्माणस्थलको पुर्व उप प्रधानमन्त्री तथा प्रतिनिधि सभा सदस्य टोप बहादुर रायमाझी र प्रदेश ५ अर्घाखाँची क्षेत्र नम्बर १ का प्रदेश सभा सदस्य चेतनारायण आचार्य रुख काटी उद्घाटन गरेका थिए ।

सन्धिखर्क नगरपालिका १३ धरमपानीको शिखरबार्नीमा निर्माण हुने भनिएको विमानस्थलको गत वर्ष २०७३ असार १३ गते तत्कालीन उपप्रधान तथा उर्जा मन्त्री टोप बहादुर रायमाझीले शिलान्यास गरेका थिए । विमानस्थल बन्छ र छिटो छरितो यात्रा गर्न पाइएला भनेर आश गरेर बसेका अर्घाखाँचीबासीहरु अब विमानस्थल नबन्ने संखा गरिरहेका बेला निर्माण कार्य शुरु भएको छ । कुल लागत करिब रु ८० करोडको सो बहुवर्षीय आयोजना चार वर्षभित्र बन्ने बताइएको छ ।

अर्घाभगवती विमानस्थल निर्माणका लागि निर्माणस्थलमा रहेका रुख हटाउन सम्झौता भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरण, एरोड्रम इञ्जिनियरिङ विभागले अर्घाभगवती विमानस्थल निर्माणस्थलमा रहेका रुख हटाउने कार्यका लागि भुसाल कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, सन्धिखर्क, अर्घाखाँचीसँग सम्झौता गरेको छ । विभाग र प्रालिबीच गत मंसिर १८ गते सम्झौता भई विमानस्थल निर्माणको काम अघि बढ्न लागेको हो ।

अर्घाखाँचीडट्कम

You might also like

Comments are closed.