Nepal's First Video FM

हरिवंश दाईलाई झापड हान्न सकिनः प्रियंका

507

चैत, काठमाडौं । नायिका प्रियंका कार्की अभिनित चलचित्र ‘शत्रु गते’ यतिखेर नेपालका १ सय २६ हलहरुमा एकसाथ प्रदर्शनमा आइरहेका छन् । महजोडीको प्रस्तुतीमा निर्माण भएको यो चलचित्रमा बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यको पनि अभिनय रहेको छ । शनिबार राजधानीको गोपिकृष्ण हलमा पुगेको चलचित्रको कलाकारको टिमले सञ्चारकर्मिसँग अन्र्तक्रिया गर्नेक्रममा एकअर्काको भूमिकाको बयान गरे । नायिका प्रियंका कार्कीले बरिष्ठ कलाकार हरिवंशलाई जेल भित्र झापड हान्दाको छायांकनको पललाई सम्झिइन् । ‘मलाई छायांकनको बेला सबैभन्दा अप्ठ्यारो लागेको भनेको हरिवंश दाईलाई झापड हान्नेक्रममा हो । दाईले हानेजस्तौ हैन, साँच्चिकै हान है भन्नुहुन्थ्यो मेरो हात नै उठ्दैनथ्यो ।’, उनले सम्झिदै भनिन् । उनले छायांकन नै भएपनि अग्रह कलाकारलाई हात उठाउनु पर्दा निकै अप्ठ्यारो लागेको अनुभव सुनाएकी थिइन् । यस्तै उनले ‘शत्रु गते’का निर्माता किरण केसीको अभिनयलाई ‘क्युट’ भन्दै प्रसंशा गरिन् । ‘मलाई किरण दाईको अभिनय यस्तो क्युट लाग्थ्यो कि, हेरिरहुँ हुन्छ । पर्दामा जतिसमय आउनुहुन्छ, उहाँको भूमिका देख्दा प्रत्येक पटक हासो उठ्छ ।’, प्रियंकाले भनिन् ।

यस्तै कलाकार तथा निर्माता केसीले आफ्नो चलचित्रको नायिका प्रियंका हलिउड नायिका जस्ती भएको बताए । केसीले प्रियंकाले चलचित्रमा निकै उत्कृष्ट अभिनय गरेको भन्दै तारिफ समेत गरे । ‘प्रियंकाले चलचित्रमा यतिराम्रो काम गरेकी छिन् कि म बयान गर्नै सक्दिन, ठ्याक्कै हलिउड नायिका जस्ती देखिएकी छिन्, कत्ति राम्रो देखिएकी ।’, केसीले प्रशंशा गरे । चलचित्रमा दीपकराज गिरी र प्रियंकाको सम्बादमा धेरै दर्शक रोएको पनि उनले बताए । ‘दीपक र प्रियंकाको जब सम्बाद आउँथ्यो धेरै दर्शकका आँशा रसाएको देखिन्थ्यो, हरेक सम्वाद प्रस्तुती यति मिठो छ कि तारिफ गर्नै सक्दिन ।’, केसीले थपे ।

यस्तै बरिष्ठ कलाकार हरिवंशले दीपा श्री निरौलासँगको आफ्नो जोडी धेरै दर्शकले मन पराएको बताए । साथै उनले आफ्नो जोडी बनेर निकै राम्रो तरिकाले भूमिका निभाएको भन्दै धन्यवाद दिए । साथै दीपा श्रीले आफुभन्दा अग्रह कलाकारसँग जोडी बनेर एउटै पर्दामा अभिनय गर्न पाउँनु आफ्नो लागी भाग्यको कुरा भएको बताइन् । चलचित्रका निर्देशक प्रदीप भट्टराईले सबै कलाकारहरुको अभिनयका कारण पनि चलचित्र उत्कृष्ट बनेको बताए । साथै उनले चलचित्रको अन्तिमको ‘क्लाइम्याक्स’ दृश्यका लागी टीमले निकै मेहनत गरेको बताए । ‘मैले स्क्रिप्ट लेखिसकेपछि अन्तिमको सिनलाई परिवर्तन गर्ने निर्णय लिए र शुरुमा किरण दाईलाई सुनाए, उहाँले एकैपटकमा राजी हुनुभो त्यसपछि हरिवंश दाईलाई सुनाउँदा झनै खुसी हुनु भो । हामीले अन्तिम दृश्य केहि यादकार हुनुपर्छ भनेर परिवर्तन गरेका थियौं ।’, निर्देशक भट्टराईले भने ।हलमा चलचित्रका कलाकारहरु हरिवंश आचार्य, प्रियंका कार्की, दीपा श्री निरौला, पल शाह, आँचल शर्मा, निर्माता किरण केसी, निर्देशक प्रदीप भट्टराई र चलचित्र बितरक गोपाल कायस्थ पुगेका थिए ।

‘शत्रु गते’ मा राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धरा भुषाल, सुष्मा कार्की, रमेश रञ्जन झा लगायतका कलाकारको पनि प्रमुख भूमिका छ । चलचित्र तराई र काठमाण्डौमा छायांकन गरिएको हो । चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा, हरिवंश आचार्य र प्रदीप भट्टराईको संवाद छ

अधिकांश हाउसफुल
चलमचित्रले शनिवारसम्म अधिकांश हलहरुमा हाउसफुलका साथ ब्यापार गरिरहेको बितरक गोपाल कायस्थले जानकारी दिए । राजधानीका ठुला र चर्चित मानिने दुई हल गोपिकृष्ण र अष्ट नारायणमा सबै पर्दा हाउसफुल थिए । बिहान साढे १० बजे र दिउँसो साढे १ बजे गोपीकृष्ण हलमा चलचित्रका कलाकारहरुको क्रेज निकै देखिन्थ्यो । चलचित्र हेर्न समय कुरेका र चलचित्र हेरिसकेपछि निस्किएका दर्शकहरु लगभग १ घण्टाको समय कलाकारहरुसँगै रमाएका थिए । निकैबेर पल र आँचलसहित अन्य कलाकारलाई दर्शकसँग फोटो खिच्न र अटोग्राफ दिन भ्याई नभ्याई देखियो । हलमा सञ्चारकर्मिहरुसँग कुरागर्दै बितरक कायस्थले भने – ‘शुक्रबारको नजरमा शनिबार दर्शकको संख्या निकै बढेको छ । अहिले बिद्यालय, कलेजहरुको परिक्षाको समयले पनि युवादर्शक आउनसकेका छैनन् । मलाई लाग्छ सबैको परिक्षासकिएपछि एकपटक फेरी दर्शकको भिड लाग्छ ।’

नेपाली फिल्मको ठूलो बजार मानिने चितवन, पोखरा, वुटवल, दमक, विर्तामोड, धरान, इटहरी लगायतमा ठाउँमा पनि ‘शत्रु गते’ को टिकट नपाएर दर्शकहरु घर फर्किएका छन् । आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा गोपिकृष्ण चापागाईंले लेखेका छन् ।)

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.