Nepal's First Video FM

कालिप्रसादको ‘दाई नभन्नु ल’ सार्वजनिक (भिडीयोसहित)

845

चैत ११, चर्चित गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको नयाँ गीत ‘दाई नभन्नु ल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा एकतारेको शब्द र सुशान्त गौतमको संगीत रहेको छ भने क्रिष्टल क्लज डान्स ग्रुप’को उत्कृष्ट नृत्य रहेको छ । जुन गीतमार्फत नयाँ डान्स ग्रुप नेपाली संगीत उद्योगमा भित्रिएको छ ।

यसअघि चलचित्र ‘पुरानो डुङ्गा’को ‘निर’ गीत कभर गरेर चर्चित भएको र ‘मिस्टर झोले’को गीत ‘ओखती’ को कभर भिडियो प्रतियोगितामा प्रथम भएको ‘क्रिष्टल क्लज डान्स ग्रुप’ले ‘दाइ नभन्नु ल’को भिडियो निर्माण गरेको छ ।

उक्त गीतमा आफूले मन पराएको यूवतीले ‘दाई’ भनेर सम्बोधन गरेपछि यूवाको मनमा उब्जिएको पीडालाई यो गीतमा समेटिएको छ ।

सुरज श्रेष्ठको छायांकन तथा सम्पादन रहेको भिडियोलाई सन्देश जंग राणाले निर्देशन गरेका हुन् । भिडियोमा सरस्वती श्रेष्ठ र आभाष जोशीको मोडलिङ छ ।

You might also like

Comments are closed.