काठमाडौं । पेट्रोलियम पदार्थमा मूल्य बढेसँगै वायुसेवा सञ्चालक संघले हवाई भाडा समेत बढाएको छ ।
नेपाल आयल निगमले एक सातामै इन्धनको मूल्यमा दुईपटक भारी र्वद्धि गरेको छ । त्यसकै असरस्वरुप वायुसेवा सञ्चालक संघले बुधबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढाइएको जनाएको छ ।
संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो । यसअघि इन्धनको मूल्य ६ हजार ८९० रुपैयाँ रहेको यो रुटमा अब इन्धनको मूल्य मात्र ७ हजार ३३५ रुपैयाँ पुगेको हो ।
निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्याएको छ ।
Comments are closed.