चैत ११, एजेन्सी । बोलिभियाको एक कारागारमा शनिबार साँझ कैदी/कैदीबीच भएको झडपमा चार जना बन्दीको मृत्यु भएको छ ।
सो झडपमा परी अन्य १० जना घाइते भएका छन् । अधिकारीले जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरस्थित सान्ता क्रुजमा रहेको एक जेलमा सो झडप भएको थियो ।
यस घटनामा परी ४ प्रहरी अधिकारी र ६ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन् । सो जेलमा गत हप्तामात्र पनि यस्तै झडप भएको थियो । रासस
Comments are closed, but trackbacks and pingbacks are open.