Nepal's First Video FM

मुलुक समृद्धिको मुख्य आधार कृषिको आधुनिकीकरण आवश्यक : मन्त्री खनाल

381

चैत ११, कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस सेन्टर नेपाल बागलुङ शाखाले आइतबार यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा व्यावसायिक कृषिमा जोड दिंदै उनले भने-‘‘मुलुकको समृद्धिको मुख्य आधार कृषि हो, कृषिको आधुनिकीकरण आवश्यक छ ।’’

छिमेकी मुलुकले कृषिमा यान्त्रिकिकरणसहित ठूलो परिवर्तन ल्याएको भन्दै मन्त्री खनालले नेपालको कृषिलाई पनि प्रतिस्पर्धामा पु¥याउनुपर्ने धारणा व्यक्त गरे । ‘‘निर्वाहमुखी कृषिले हामीले भनेको समृद्धि सम्भव छैन । यसलाई पूरै व्यावसायिक बनाउनुपर्छ’’ उनले भने, “अहिलेको सरकारले युवालाई कृषितर्फ आकर्षित गर्न युवामैत्री कृषि कार्यक्रम ल्याउन लागेको छ ।”

“भूमिलाई चक्लाबन्दी गरेर ठूला कृषि फार्म चलाउनुपर्छ” मन्त्री खनालले भने-“जथाभावी प्रयोग र प्लटिङ्गलाई कडाइका साथ नियन्त्रण गर्छौं ।” नेकपा (माओवादी केन्द्र) का नेता समेत रहेका मन्त्री खनालले सरकारले चुनावका बेला गरेका वाचा पूरा गरेरै देखाउने उल्लेख गर्दै आउँदो ५ वर्षभित्रमा विकास र समृद्धिको आधार तयार गर्दै अगाडि जानकारी पनि दिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.