Nepal's First Video FM

चैत्र १३ गतेबाट हुन लागेको खुल्ला दोहोरी प्रतियोगिताको पत्रकार सम्मेलनमा अध्यक्ष पंगेनीले भने :केहि बर्ष भित्रमै प्रतिष्ठानको घर बनाउछौ

601

नेपाली मौलिक सस्कृतिको जगेर्नाको हेतुले संचालित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको आयोजनामा “हामी सबैको रहर, प्रतिष्ठानको आफ्नै घर”भन्ने मुख्य नारा सहित हुन् लागेको चौथो खुल्ला अर्ना दोहोरी गीत प्रतियोगीताको अन्तिम तयारीको जानकारी सहित आज प्रतिष्ठानले एक बिज्ञप्ति सहित पत्रकार सम्मेलन गरेको छ।नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रका पत्रकार तथा प्रतिष्ठानका कार्यसमितिको उपस्थित रहेको थियो।

१ दशक अगाडी खोलिएको दोहोरीको संरक्षण र सम्बर्धनको खातिर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानमा ४० हजार भन्दा बढी सदस्य रहेको छन।सस्थाको बिभिन्न जिल्लामा साखा र अंचल देखि उपत्यका सम्म सस्थाको उप साखा रहेको छ।चित्र १३ गते देखि १७ गते सम्म लगातार हुने उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा भने सस्कृति मन्त्रि आउनु हुने उक्त पत्रकार सम्मेलनमा जानकारी दिए।
गैर राजनीतिक सस्था कसरी भन्दै पत्रकारहरुले बद्री पंगेनीलाई राखेको प्रश्नमा पंगेनीले व्यंग्य गर्दै भने “हामी जो कोहीको पेशा फरक होला र कोहि कुन पार्टीको रोजाईमा कोहि कुन पार्टीको रोजाईमा यो हुनु स्वाभाविक हो ।तपाई पत्रकार हो भने तपाईको पनि रोजाईमा एउटा पार्टी होला त्यो भन्दैमा तपाईको पत्रकारिता कुनै दलमुखी/राजनीतिक मुखी भन्नु उचित हैन”।

अर्ना वियर, सिटि मनिट्रान्सफरको प्रायोजनमा हुन लागेको उक्त कार्यक्रमको अफिसियल मिडिया पार्टनरमा भने सिटिजन एफएम (नेपालकै पहिलो भिडियो एफएम)ले उक्त कार्यक्रमलाइ प्रतक्ष्य हेर्न र सुन्ने ब्यबस्था गरिदिने पंगेनीले उक्त पत्रकार सम्मेलनमै जानकारी दिए। लगातार बिहान १० बजे देखि साँझ ६ बजेसम्म चल्ने दोहोरी गीत प्रतियोगीतामा बिभिन्न जिल्ला/अंचलका कलाकारहरुको उपस्थिति सहित हास्य कलाकारहरुको समेत साथ् रहने जानकारी प्रतिष्ठानले दिएको हो। रु५०मै प्रबेस गर्न सकिने उक्त कार्यक्रममा कम्तिमा पनि ५० हजार दर्शकको दैनिक आगमनको अपेक्षा प्रतिष्ठानले लिएको छ ।

You might also like

Comments are closed.