पूँजीबजार सुधारका लागि लगानीकर्ता सडकमै उत्रिए, माग सम्बोधन नभए अर्थतन्त्रमा समेत गम्भिर क्षति पुग्ने चेतावनि
काठमाडौँ, पूँजी बजार सुधारको लागि आम लगानीकर्ताहरु एक जुट भएका छन् । पूँजी बजारमा लगानीको वातावरण बनाउन माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघ सहित लगानीकर्ताहरुको पाँच संगठन एकजुट भएका हुन् ।
सरकारलाई दबाब दिन २५ सदस्यीय संघर्ष समितिसमेत बनाएका उनीहरुले शुक्रबार माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म कालो ब्यानरसहित प्रदर्शन गरे ।
दबाबमूलक कार्यक्रमहरु घोषणा गरेको संघर्ष समितिले विरोधका अरु कार्यक्रम पनि बनाएको छ । आजको प्रदर्शनमा सहभागीले शेयर बजारमैत्री नीति लागू गर, बैंकलाई रेमिट्यान्सको अनुमति देउ, बैंकलाई ब्रोकर लाइसेन्स देउ, सरकारी हस्तक्षेप बन्द गर आदि नारा लगाएका थिए ।
संघर्ष समितिले उठाएका मागहरु तत्काल संबोधन गरी पूँजी बजारलाई विश्वासमा लिन र लगानीको बतावारण बनाउन लगानीकर्ताहरुका संघ संगठनहरुले संयुक्त माग गरेका हुन् ।
संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुले सरकारले तोकिएका कामहरु समयमै नगर्दा पूँजी बजारमा गम्भिर समस्या उत्पन्न भएकोले त्यसको समधानका लागि आन्दालेनमा उत्रिनु परेको जनाएका छन् ।
लगानीकर्ताहरुलाई उत्तेजित र आक्रोशित पार्ने कार्य भएमा त्यसले देशको अर्थतन्त्रमा समेत गम्भिर क्षति पुग्ने लगानीकर्ताहरुको भनाई छ ।
Comments are closed.