Nepal's First Video FM

अब आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने

102

आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार हुने भएको छ । नेप्से सञ्चालक समितिको आज जेठ ३० गते गतेको बैठकले सार्वजनिक विदाका दिन बाहेक अन्य दिनमा आइतबारदेखि शुक्रबारसम्म शेयर कारोबार खुला गर्ने निर्णय गरेको हो ।

जस अनुसार असारदेखि आइतबार देखि बिहिबारसम्म बिहान ११ बजेदेखि ३ बजेसम्म शेयर कारोबार हुने छ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म शेयर कारोबार हुने छ । शुक्रबार २ घण्टा मात्र कारोबार हुने भएपनि त्यस दिनको लागि लागु हुने सर्किट ब्रेकको नियमबारे केहि पनि थप निर्णय नभएको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

You might also like

Comments are closed.