Nepal's First Video FM

गणेश भगवनको दर्शन गर्दै हेर्नुहोस राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

198

आज वि.सं.२०७९ साल आसार महिनाको २ गते बिहीबार, आषाढ कृष्णपक्षको द्वितीया तिथि, गणेश भगवनको दर्शन गर्दै हेर्नुहोस आजको राशिफल ।

मेष
निराशाजनक भावले पिरोल्ने छ । जीवनलाई उत्साहपूर्ण तरीकाले भन्दा अलि निराशाजनक दृष्टिकोणबाट हेर्ने बानी देखिने छ । जे जस्तो परिस्थितिमा पनि बोलीमा भने मधुरता आउने छ । परिवारिक सम्पत्ति वा पूर्व संचित धनले मनमा केही ढाडस दिने छ । शारीरिक थकान र मनोबलको कमि हुने भएकाले शारीरिक अभ्यासमा ध्यान दिनु होला । शेयर बजार प्रतिकुल रहने छ ।

वृष
परिवारमा कलह देखिने छ । कार्यालयमा आफ्नो बोससँगको सम्बन्धमा कटुता आउने भएकाले उच्च सतर्कतासहित काम गर्नु होला । आम्दानीका विषयमा चिन्ता उत्पन्न हुन जाने छ । भाग्यको साथ नरहेकाले काममा बिलम्ब हुने छ । आफू भन्दा निम्न दर्जामा कार्यरत कर्मचारी वा स्टाफको साथले केही रात प्रदान गर्ने छ । शेयर बजारबाट फाइदा मिल्ने छैन् ।

मिथुन
पेशागत जीवनमा उल्झनको अवस्था आउने छ । कार्य सम्पदानमा फसाइ दिने चुनौति देखिन्छ । जसले गर्दा तनावको सामना गर्नु पर्ने छ । आम्दानीमा भने खास असर पर्ने छैन् । अध्ययन अध्यापनमा हल्का प्रगति उन्मुख हुने छ । समय अलि नकारात्मक तर्फ ढल्केकाले संयमित भएर नै पाइला चाल्नु पर्ने समय छ । परिवारका सदस्यहरुको साथले गर्दा विपरित परिस्थितिमा पनि ढाडस मिल्ने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

कर्कट
समय सकारात्मक छ । भाग्यका बलियो साथका कारण लिएका लक्ष्य पुरा हुने तर्फ आधार तयार हुने छ । आम्दानीमा पनि केही बृद्धि नै हुन जाने छ । पेशागत जीवनमा पनि सन्तोषजनक अवस्था छ । आफ्नो कामको अफिसियल रुपमा कदर हुने छ । प्रतिष्पर्धी स्वाभाव बलियो हुने भएकाले शत्रु नाश हुने छन् । बिरोधीहरुले पेल्न सक्ने छैनन् । शेयर बजारबाट पनि फाइदा मिल्ने छ ।

सिंह
रोजगारी तथा पेशा व्यवसायमा गम्भीर समस्या आउने छ । रोजगारी गुम्नेसम्मको अवस्था आउने भएकाले सतर्कतासाथ अघि बढ्नु होला । पेट, ग्याष्ट्रिक सम्बन्धि समस्याले च्याप्ने छ । भुत प्रेत तथा मानसिक रुपमा दबाद सृजना हुने छ । मनमा दोहोरो विचारले गर्दा निर्णय क्षमतामा गिरावट आउने छ । जीवनसाथिको साथले गर्दा अवस्था नियन्त्रित हुने छ । मनोबलको कमि हुन जाने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु होला । शेयर बजारबाट घाटा व्योहर्नु पर्ने छ ।

कन्या
छोटो यात्रामा निस्कनु पर्ने अवस्था आइ पर्ने छ । कडा खाले ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले रिस नियन्त्रणमा ध्यान दिँदा उपयुक्त हुने छ । जीवनसाथिको साथ तथा सल्लाहमा काम गरेमा फाइदा मिल्ने छ । भाग्यको साथ नरहेकाले कार्य सम्पादनमा ढिलाई हुन पुग्ने छ । परिवारका सदस्यहरुको साथ रहनाले कठिनाईको क्षणमा अघि बढ्न निकै मद्दत पुग्ने छ । शेयर बजारबाट सोचे जस्तो लाभ मिल्ने छैन् ।

तुला
मनमा निराशाले गाँज्ने छ । उदासिनता बढ्न जाने हुँदा जीवनप्रति सकारात्मक भन्दा नकारात्मक धारणाले पेल्ने छ । आत्माबल बलियो हुने भएकाले र भाग्यको साथ रहेकाले धेरै डराई हाल्नु पर्ने अवस्था छैन् । बोलीमा कडापन हुने भएकाले बोल्दा संयमित रहनु होला । दाम्पत्य जीवनमा कटुता देखा पर्ने भएकाले विचार गर्नु होला । शेयर बजारबाट लाभ मिल्ने छ ।

वृश्चिक
बोली प्रभाव बढ्ने छ । महिलाको परिवारमा पुरुष तथा पुरुषको परिवारमा महिला तपाईबाट अलि पीडित महशुस गर्ने भएकाले आफ्नो व्यवहारप्रति आफैले समीक्षा गरि ध्यान दिनु होला । भाग्यको साथ रहेकाले सुखको अनुभूति हुने छ । मेहनत र पराक्रमी स्वाभाव हुने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

धनु
मनमा सन्तोष हुने छैन् । ब्यक्तितवमा गिरावट आउने छ । आफुले बुझेका कुरा भन्दा व्यावहारको अन्तले मनमा भारीपना आउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा वा सल्लाह लिएर काम गरेमा कार्य सम्पादनमा ठुलो मद्दत पुग्ने छ । अनावश्यक क्षेत्रमा पराक्रमी र मेहनत गर्न मन लाग्ने बनाई दिने समय सक्रिय रहेकाले कार्य आरम्भ गर्नु पूर्व विचार गरेमा ठिक हुने छ । शेयर बजार औसत रहने छ ।

मकर
सबैको कल्याण र भलो चाहने स्वाभाव हुने छ । अरुलाई सहयोग गरौँ गरौँ लाग्ने छ । पेशागत जीवन सन्तोषजनक रहने छ । भाग्यको साथ रहेकाले भित्रि बुद्धिमा सक्रियता बढ्न पुग्दा चलाखीपूर्ण तरीकाले कार्यसम्पदान हुन पुग्ने छन् । पेशागत जीवनमा प्रगति हुने छ । पैसाको सरसापट गर्दा विचार पु¥याई गर्नुहोला । शेयर बजारबाट लाभ मिल्ने छ ।

कुम्भ
शुरो र घमण्डि खालको ब्यक्तित्व हुने छ । कसैसँग पनि डर नमान्ने स्वाभावमा बृद्धि हुने छ तर अलि बढि घमण्डि जस्तो देखिने भएकाले यसबारेमा विचार गर्नु होला । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने भएकाले कठिनाईमा पनि नहडबडिने पना कायम रहने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । शेयर बजारमा धेरै उत्साही हुने अवस्था देखिँदैन् ।

मीन
सितल खालको ब्यक्तित्व बन्ने हुँदा अरुले पनि नरम महशुस गर्ने छन् । तर मन बढि चञ्चल हुने भएकाले अस्थिरता उत्पन्न हुने छ । परिवारमा मिलन हुने छ । प्रतिष्पर्धात्मक स्वाभावले गर्दा प्रतिकुलतासँग पनि जुध्न सक्ने शक्ति प्राप्त हुने छ । दाम्पत्य जीवनमा बादबिबाद आउने छ । साझेदारीका कामहरुमा पनि कटुतापूर्ण तनाव आउने भएकाले यसबारेमा धैर्यतासाथ काम लिनु होला । शेयर बजारमा गुमाउनु पर्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

You might also like

Comments are closed.