चैत १२, धनकुटा जिल्लाका विभिन्न १३ सामुदायिक वनमा लागेको डढेलोबाट करीव दुई करोडको क्षति भएको छ । ७ स्थानीय तह रहेको धनकुटामा ३ सय ४६ सामुदायिक वन मध्ये १३ वटा वन जलेर पूर्ण नष्ट भएको छ ।
वन क्षेत्रमा रहेका बिरुवा एवं जडीबुटी जलेर नष्ट हुँदा करीव दुई करोड बराबरको क्षति भएको वन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले बताए ।
जिल्लाको शहीदभूमि गाउँपालिकामा रहेको पञ्चकन्या सामुदायिक वनमा लागेको आगोमा परेर शहीदभूमि–२ का ५१ वर्षीय बानु छारा राईको ज्यान गएको छ ।
धनकुटा नगरपालिका–९ बेलहाराको जलकन्या सामुदायिक वनबाट बस्तीतर्फ गएपछि पाँच गोठ र चार घर आगलागीमा परेर नष्ट भएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । मानवीय कमजोरीका कारण विगत वर्षमा भन्दा यस वर्ष धनकुटामा ठूलो क्षति हुने गरेको मिश्रको भनाइ रहेको छ ।
जिल्लाका छथर जोरपाटीको भञ्ज्याङडाँडा सामुदायिक वनको सय हेक्टर, धनपा–५ को बडरे ३६ हेक्टर, धनपा–१० को पात्ले सामुदिायक वनको ६० हेक्टर, चौबिसे गाउँपालिका ठूलीभिर सामुदायिक वनको १ सय ९१ हेक्टर चौविसेका–४ को देउराली सामुदायिक वनको २० हेक्टर छथर जोरपाटिको सिवुवा ताक्लाखर्क ६ सय ७७ हेक्टर सोही क्षेत्रको पाथीभरा सामुदायिक वनको ५ सय हेक्टर वन डढेलोका कारण पूर्ण नष्ट भएका छन् ।
धनपा–९ को रुद्रबारी सामुदायिक वनको २५ हेक्टर धनपा–९ को रधुटार ३६ हेक्टर र विश्रान्ती समुदायिक वनको केही क्षेत्र समेत डढेलेको कारण क्षति भएको छ ।
Comments are closed.