चैत १२, कांग्रेस निकट नेविसंघले आज ( सोमबार)देखि आमरण अनशन शुरू गर्ने भएको छ ।
शिक्षा एेन नवौँ संशोधनको विरोधमा संघका पाँच युवाले आज अपरान्ह ४ बजेदेखि माइतीघर मण्डलामा आमरण अनसन शुरु गर्न लागेको महामन्त्री कुन्दनराज काफ्लेले बताए ।
काफ्लेले अस्थायी शिक्षकको माग पूरा गर्ने नाममा युवाहरुलाई प्रतिस्पर्धाबाट वञ्चित गरिएको र शिक्षित बेरोजगार बढिरहेको अवस्थामा खुकुलो प्रावधान सहित अस्थायी शिक्षकहरुलाई स्थायी गर्न लागिएको उनले बताए ।
चैत्र २३ मा सञ्चालन गर्न लागिएको अस्थायी शिक्षक परीक्षा रोक्न नेविसंघले माग गरेको छ । २२ हजार स्थायी दरबन्दीका लागि २३ हजारले प्रतिस्पर्धा गर्दैछन् । उत्तीर्ण हुनका लागि परीक्षामा न्यूनतम ४० अंक ल्याउने स्वतः स्थायी हुने प्रावधान छ ।
Comments are closed.