चैत्र १२,पहिचानवादी नेता आङकाजी शेर्पाको नाम अहिले पनि विभिन्न विषयमा विवादास्पद बन्छ । यतिसम्म कि, फेसवुकमा लेखेको स्टाटसकै कारण प्रहरीले उनलाई पक्राउ गरी १७ दिन कारागारमा राख्यो ।
पहिलो संविधानसभा बिघटनपछि उनी लगायत थुप्रै आदिवासी जनजाति नेताहरु आन्दोलित भए । संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी लगायत मुद्धा उनीहरुको मूख्य माग हो ।
त्यसो त, हिन्दुराज्यको विरोध र जातीय तथा भाषिक पहिचानबारे शेर्पा खरो रुपमा प्रस्तुत भए । पछिल्लो समय भने आङकाजी केही लचिलो देखिएका छन् ।
:पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताको रुपमा स्वीकार नगरे पनि उनले भने झैँ ‘चारजात छत्तिस जातको फूलबारी’ को संरक्षण गर्नुपर्ने उनको तर्क छ ।
पछिल्लो साता बौद्धस्थित शेर्पाकै निवासमा पुगेको नेपालआज टीमसँग उनले धर्मनिरपेक्षता, संघीयताको औचित्य, भाषिक पहिचान लगायत विषयमा आफ्ना बिचार व्यक्त गरेका छन् ।
जीवन मंगोल पनि लेख्छन, गाई काटेर खादा हिन्दुलाई आपत्ति किन ?
आजभोलि मात्र होइन, गाई काट्न प्रतिवन्धको प्रारम्भ मसिना राज्यहरु गोरखा राज्यमा गाभिए पछिदेखि नै हो । खासगरी चाहि गिवार्णयुद्ध बित्रम शाहको पालामा गोवद्ध नगर्न कडा आदेश भएको थियो । तर यस्तो आदेश जारी गरेपनि गोवद्ध भने रोकिएको अहिले सम्म थाहा छैन ।
नेपालमा गोहत्या निषेध गरे पछि गोहत्या गर्ने र गोमासांहार गर्नेलाई “पातकी’ “नरपिसाच” भनियो र कानुनी व्यवस्थाद्वारा कठोर सजायको व्यवस्था गरिएको छ ।
र, गोवद्ध गरेका नागरिकलाई १२ वर्षको जेल सजाय त अहिले सम्म पनि जारी नै छ । तामाङ र सार्कीहरुलाई मरेको गाई गोरुको मासु खान अलि–अलि छुट थियो ।
त्यस बापत बाहुन क्षेत्रीले सिनो खाने भोटेहरु भनेर तामाङलाई घृणा गर्ने गर्थे, भने सार्कीहरु सिनो खाने गिद्ध, गन्धे भनेर घृणा अपमानको सिकार भएकै हो । तर अहिले परिस्थिति बदलिएको छ र लडेर मरेको गाईको मासु समेत खानेलाई सजाय दिन थालिएको छ ।
यस्तो अवस्था आइ पुग्यो कि मान्छे मार्दा सजिलो छ गाई काट्दा गोलिले चिसिनु पर्ने भयो । त्यस्तै भएको थियो गोरखाका लाक्पा तामाङलाई । आजभन्दा ३ वर्ष अघि गाई काटेर खाएको भन्दै गोलि ठोकेर लाक्पा तामा्ङलाई मर्यो ।
तामाङलाई मार्नेले राज्यबाट माफ पायो । मान्छे मार्ने उद्योगमा लागेकाहरु यसरी नै निर्धक्क साथ हिडि रहेका छन् । तर गाई गोरुको मासु खाने अहिले पनि जेलमा कच्रिनु परेको छ ।
यो कस्तो कानुन हो ? यो कस्तो संस्कार हो ? यो कस्तो राज्य हो ?
मान्छे भन्दा गाई महान
मंगोलहरु गाईको मासु खान्छन् मंगोलहरुको अधिकारको कुरा हो । बाहुन क्षेत्रीले गाईको मासु खान्छन् उनीहरुको अधिकारको कुरा हो । गाई उनीहरुको आमा हुन सक्छ त्यो मान्नु र भन्नु अधिकारको कुरा हो । तर हिन्दुको आमा भन्दैमा अहिन्दुको पनि आमा हो, जसरी पनि आमा मान्नु पर्छ भन्ने अधिकार चाँहि पक्कै नहुनु पर्ने हो ।
यो हप्ताको पहिलो दिन पोखरामा गाई काटेर खाएको आरोपमा २ जना पक्राउ परे । १ गते दिउसो पोखरा लेखनाथ २४ स्थित सेरागाउँको जंगलमा गाई काटेर खाएको आरोपमा सेरागाउँका राम बहादुर नेपाली र कृष्ण नेपालीलाई प्रहरीले पक्राउ गर्यो ।
गाइ काटेकै अपराध अन्तर्गत साउन ५ गते पक्राउ पर्नेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५ का ५८ बर्षीय राम बहादुर नेपाली, सोहि स्थानमा बस्ने ६४ बर्षीय बद्रिका नेपाली, ४८ बर्षीय पुतली नेपाली र ३१ बर्षीय कल्पना नेपाली रहेका छन् ।
गुल्मि जिल्लामा गाई काटेर खाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । रुरु गाउँपालिका ५ बम्घा सौरकोटका ५२ वर्षीय डम्बर सार्की, ६३ वर्षीय सन्तबहादुर नेपाली र उनका छोरा २६ वर्षीय अम्मरबहादुर नेपालीलाई प्रहरीले पक्राउ गर्यो ।
यसरी पक्राउ पर्नेलाई मुलकी ऐनको चौपाया सम्बन्धी महलको ११ अनुसार १२ बर्ष कैद सजायँ हुने कानुनी व्यवस्था छँदैछ । यी पक्राउ पर्ने सप्पै अछुत, दलित भनिएका अपमानित मंगोलहरु नै हुन् । नेपालको मूल कानुन, मुलुकी ऐनमा मान्छे मार्नेलाई पनि यति वलियो कानुन छैन । यहाँ मान्छे भन्दा गाई प्राणी महान छ ।
जहाँ मान्छे–मान्छेको रुपमा बाँच्न पाएको छैन । गाई त आमा भएर राज्यले नै संरक्षण गरेको छ । अब यो देशमा सम्मानपूर्वक बाँच्न गाईको जुनि लिएर जन्मनु पर्ने समय आएको छ । मान्छेले मान्छेको सम्मान पाउदो हो त अछुत भनेर कानको जालि फुटाउनु पर्ने थिएन । मान्छेलाई बलिको बोका झै बनाइन्छ र मान्छेको बलि दिइन्छ ।
कुन कानुनले छेकेको छ र ? २०७३ माघ २४ गते रामेछाप जिल्लाको बेताली गाविस–३ मा रहेको शेराकाली मन्दिरमा पूजा गरेको विषयमा एक दलित युवा स्थानीय कृष्णकुमार विश्वकर्मालाई मन्दिरमा पूजा गरेको भन्दै पुजारीद्वय छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले मन्दिरमा रुद्री लगाएर चोखो नगरी पूजा गर्न नमिल्ने भन्दै पुजारीले कृष्णकुमारसँग पाँच हजार रुपैयाँ माग गरे ।
उनले पुजारी भीमबहादुर बुढाथोकीलाई पाँच हजार दिए । यसरी मान्छेलाई कुकुर भन्दा पनि तल्लो दर्जामा राख्ने समाज अनि गाई राज्यमा बस्दा गाई जस्तो कानुनले सुसज्जित भएर बस्नु पाउनु गाई अवतार लिनु पर्ने देखिएन र ? बाहुनवादी कानुनी राज्यमा मान्छे मार्नु ठूलो कुरा होइन । गाईको मासु खानु महा अपराध हुन्छ ।
साभार- समाचार संसार डट कम
Comments are closed.