चैत १२, धनुषाको फकिरचन्द जनता माध्यमिक विद्यालय बरकुर्वा परीक्षा केन्द्रबाट एसईई गणित विषयको प्रश्नपत्र आउट भएको छ ।
एसईईको परीक्षाको तेश्रो दिन गणित विषयको परीक्षा भईरहेको बेला प्रश्नपत्र आउट भएको छ ।
सबैला नगरपालिकाको फकिरचन्द्र गामी उच्च माबि परीक्षा केन्द्रबाट परीक्षार्थीले सामाजिक सञ्जालमार्फत प्रश्नपत्र आउट गरेका हुन्
विद्यार्थीहरुले चिट चोर्न भाइवर, मेसेन्जर र इमोको प्रयोग गर्दै परीक्षा हलबाट प्रश्नपत्र आउट गरेका हुन् ।
परीक्षा केन्द्रमा पुगेका सञ्चारकर्मी जितेन्द्र रामले भाइवरबाट आएको प्रश्नपत्र र चिट फेला समेत पार्नुभएको छ । धनुषाका जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले भने परीक्षा हलबाट प्रश्न पत्र आउट नभएको दाबी गर्नुभयो । तर कुनै परीक्षार्थीले प्रश्नपत्र मोबाइलमार्फत आउट गरेको हो भने त्यसको विषयमा आफूहरुले अनुसन्धान गर्ने बताउनुभयो ।
Comments are closed.