Nepal's First Video FM

ओलीले फोरमलाई अब सरकारमा नल्याउने खुलासा ! पढ्नुहोस्

559

चैत्र १२, प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी गराउन ईच्छा नै नदेखाएको खुलासा भएको छ ।

यसअघि फोरम दुई मन्त्रालय पाउनेगरि सरकारमा सहभागी हुने हल्ला चलेको थियो । तर, फोरम अध्यक्ष यादवले संविधान संशोनधमा लिखित प्रतिबद्धता खोजेपछि सरकारमा फोरमको सहभागितामा ढिलाई भएको थियो ।

सुरुवातमै सत्तारुढ दल एमाले र माओवादी केन्द्रले फोरमलाई सरकारमा ल्याउने अन्तिम तयारी भैसकेकोले आज वा भोलि नै आउने हल्ला मच्चाएका थिए । जुन कुरा उपेन्द्र स्वयमले अस्विकार गरेका थिए ।

मुख्य कुरा उपेन्द्रले संविधान संशोधनमा लिखित सम्झौता गर्न आग्रह गर्दा ओलीले मानेनन् । बरु यादवको प्रस्ताव ठाडै अस्विकार गरिदिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली अहिले राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरसँग नजिक देखिएका छन् । यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपेन्द्रबीच राम्रो सम्बन्ध छ । प्रचण्डले यादवलाई सरकारमा सहभागी गराउन अथक प्रयास गरे । तर, ओलीले कुनै ग्रिन सिग्नल नदिएपछि उनी पनि थाकेका थिए ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.