Nepal's First Video FM

लेखक सलमान रुस्दीको घाँटीमा चक्कु प्रहार – आक्रमण गरेको आरोपमा एक जना पक्राउ

42

काठमाडौँ, लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण भएको छ। बुकर पुरस्कार विजेता यी लेखकमाथि न्युयोर्कको सितोक्वा इन्स्टिच्युसनमा लेक्चर दिन लागेका बेला आक्रमण भएको हो।

शुक्रबार चौतक्वा इन्स्टिच्युसले आयोजना गरेको कार्यक्रममा बोलिरहेको बेला बुकर पुरस्कार विजेता रुस्दीमाथि आक्रमण भएको बीबीसीले जनाएको छ। उनको घाँटीमा छुरा हानिएको न्युयोर्क प्रहरीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

रुस्दीलाई हेलिकप्टरबाट तत्कालै नजिकैको अस्पतालमा लगिएको छ। उनको भेन्टिलेटरमा उपचार चलिरहेको र बोल्न नसक्ने अवस्था रहेको अस्पताललाई उद्धृत गरी बीबीसीले जनाएको छ। आक्रमणकारीलाई प्रहरीले पक्राउ परेको छ। ती आक्रमणकारीको परिचय भने खुलाइएको छैन।

भारतमा जन्मिएका उपन्यासकार रुस्दी सन् १९८१ मा प्रकाशित कृति ‘मिडनाइट चिल्ड्रेन’बाट चर्चित भएका हुन्। ७५ वर्षीय रुस्दीले अहिलेसम्म चार वटा पुस्तक लेखेका छन्। सन् १९८८ मा लेखेको ‘द सटानिक भर्सेस’का कारण उनी नौ वर्षसम्म भूमिगत हुनुपरेको थियो।

You might also like

Comments are closed.