भारतीय चर्चित हाँस्य कलाकार कपिल शर्माको नयाँ रियालिटी शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’ सुरु भएको छ ।सात महिनाको ब्रेकपछि शर्माले गेम शो ‘फ्यामिली टाइम विथ कपिल शर्मा’मार्फत टेलिभिजनमा धमाकेदार इन्ट्री गरेका छन् ।
सोमबार राति आठ बजे सोनी टेलिभिजनबाट प्रशारण गरेर शोको सुरुवात गरिएको छ ।
जसमा पहिलो गेस्ट बलिउड अभिनेता अजय देवगन रहेका थिए । शोमार्फत उनले आफ्नो नयाँ चलचित्र ‘रेड’ को प्रमोशन गरेका थिए । ‘गेम शो’ भए पनि यसमा कमेडीकै दबदबा रहेको छ ।
केही महिनाअघि सहकर्मी सुनिल ग्रोभरसँग भएको झगडाका कारण कपिल विवादमा रहेका थिए । उनीहरुबीचको विवाद यहाँसम्म पुग्यो कि सुिनल शो नै छाड्न बाध्य भए । अहिले सुनिल विभिन्न स्टेज शो गरिरहेका छन् ।
त्यस्तै ‘कमेडी नाइट्स विथ कपिल’को सुटिङको क्रममा कपिलले कुराएपछि अजय देवगन सुटिङ बीचमै छोडेर हिँडेका थिए । उनै अजयलाई आफ्नो पाहुना बनाएर नयाँ शोको सुरुवात गरे कपिलले । ujyaloonline
Comments are closed.