काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारले होसियारी अपनाएका कारण नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा जान नपाएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २४औं वार्षिक साधारणसभामा मन्त्री शर्माले सरकारले अपनाएको नीतिका कारण मुलुक श्रीलंका हुनबाट जोगिएको दाबी गरे । उनले सरकारले सही नीति नलिएको भए मुलुकको आर्थिक अवस्था श्रीलंकाको जस्तै हुने अवस्था आएको समेत दाबी गरे
उनले पछिल्लो समय रेमिट्यान्स बढेसँगै विदेशी मुद्रा सञ्चिति पनि बढ्दै गएको र अर्थतन्त्र सबल हुँदै जाने दाबी गरे । उनले चाडबाड शुरु भएसँगै रेमिट्यान्स बढेको देशको अर्थतन्त्र बलियो हुँदै गएको बताए ।
Comments are closed.