Nepal's First Video FM

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

42

बेलायती महारानी एलिजावेथ द्वितीयाको बिहीबार राति ९६ वर्षको उमेरमा निधन भएको छ । बेलायती राजप्रासाद बकिङ्घमले विज्ञप्ति जारी गर्दै महारानी एलिजावेथको निधन भएको पुष्टि गरेको हो ।

केही समय यता बिरामी रहेकी महारानीको स्कटल्याण्डको बालमोरल दरबारमा निधन भएको हो । सन् १९२६ को अप्रिल २१ जन्मनुभएकी एलिजावेथ सन् १९५२ बेलायतको महारानी बन्नुभएको थियो ।

उहाँ विश्वकै सबैभन्दा लामो शासन गर्ने राष्ट्रप्रमुख हुनुहुन्थ्यो । उहाँ ७० वर्ष सात महिना सत्तामा रहनु भयो । महारानी एलिजावेथको निधन लगत्तै राजकुमार चाल्र्स बेलायतको राजा बन्नुभएको छ । अब राजा चाल्र्स तृतीयको आदेश अनुसार महारानी एलिजावेथको शव बालमोरल दरबारबाट बकिङ्घम दरबारमा सारिने छ ।

दश दिनजतिको राष्ट्रिय शोक र श्रद्धाञ्जली कार्यक्रमपछि एलिजावेथको अन्तिम संस्कार गरिने बीबीसीले जनाएको छ । यो अवधिभर बेलायतमा संसद बैठकहरुदेखि कुनै पनि सभा सम्मेलन, औपचारिक समारोह, खेल प्रतियोगिता तथा मनोरञ्नका कार्यक्रम गरिने छैनन् । महारानी एलिजावेथका श्रीमान फिलिपको गत वर्ष अप्रिलमा निधन भएको थियो ।

You might also like

Comments are closed.