Nepal's First Video FM

सामुहिक बलात्कार पछि १२ बर्षिया बालिकालाई मट्टितेल छर्केर आगो लगाइयो !

593

चैत्र १३ , भारतको आसाम राज्यको नगाँउमा पाँच कक्षामा पढ्ने एक १२ बर्षिय बालिकालाई सामुहिक बलात्कारपछि मट्टितेल छर्केर आगो लगाइएको छ ।

बटदेबा थाना अन्तर्गत पर्ने लालंग गाउँमा भएको उक्त घटनामा संलग्न अभियुक्तहरुले पिडित बालिकालाई बलात्कार पछि आगो लगाई फरार भएका थिए पिडितको ९० प्रतिशत शरीर जलेको र उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बालिकाले अन्तिम शास फेर्नुअघि बलात्कारको बारेमा प्रहरीलाई जानकारी गराएकी थिईन ।

प्रहरीले उक्त घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गरिसकेको छ । ती दुबै अभियुक्त नाबालक रहेको पनि प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै अभियुक्तले आफ्नो अपराध स्विकार गरिसकेको प्रहरीले दावी गरेको छ ।

घटना पछि गाउँमा त्रास र आक्रोस फैलिएको कारण शुरक्षा ब्यवस्था कडा पारीएको छ ।घटनामा संलग्न प्रमुख अभियुक्त मानिएका जाकिर हुसैनको खोजी भइरहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.