Nepal's First Video FM

तरलता अभाव र ब्याजदर वृद्धि समाधानका लागि – ७ दिनभित्र प्रतिवेदन बुझाउनु पर्ने

46

काठमाडौँ, बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अर्थात् तरलता अभाव रहेको विषय तथा ब्याजदर वृद्धिको विषयमा अध्ययन गर्न सरकारले कार्यदल गठन गरेको छ।

समस्या समाधानको लागि सुझाव सहितको प्रतिवेदन बनाउन भन्दै अर्थमन्त्रालयले सहसचिवको नेतृत्वमा कायदल गठन गरेको हो।

 

समितिले हाल मुलुकमा देखिएको तरलता अभावलगायतका विषयमा छलफल, परामर्श तथा विश्लेषण गरी नीतिगत सुझावसहित ७ दिनभित्र प्रतिवेदन बुझाउनु पर्नेछ ।

अर्थमन्त्री जनार्दन शर्माले मुलुकमा देखिएको पछिल्लो आर्थिक अवस्था तथा व्यवसायिक क्षेत्रबाट देखाइएको चासोका विषयमा विश्लेषण गरी एक हप्ता भित्र सुझाव दिन एक सुझाव समिति गठन गरेका हुन् ।

आइतबार मन्त्रालयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष , नेपाल रास्ट्र बैंकका डेपुटी गभर्नर , नेपाल उद्योग बाणिज्य संघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ , नेपाल बैंकर्स संघ लगाएत सरोकारवाला निकायका प्रतिनिधिहरु सम्मिलित बैठकमा नेपालको आर्थिक अवस्थाको बारेमा छलफल भएको थियो ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले मुलुकको अर्थतन्त्रमा देखिएको चापलाई सबै मिलेर समाधान गर्नुपर्ने धारणा राखे । अर्थतन्त्रमा देखिएको असहजता कुनै एक निकायको मात्र समस्या नभएर समग्र मुलुकको समस्या भन्नुहुँदै यसमा कसैलाई दोष लगाएर पन्छिन नहुने बताए ।

You might also like

Comments are closed.