Nepal's First Video FM

अञ्जन विष्टकाे ‘ह्याट्रिक’ संगै – बंगलादेशविरुद्ध नेपालको सहज जित

42

काठमाण्डाै,  बंगलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले तीन गाेलकाे अग्रता लिएकाे छ । दशरथ रङ्गशालामा भइरहेकाे पहिलाे हाफकाे खेल चलिरहँदा नेपाल तीन–शून्यले अघि छ ।

नेपालका लागि तीनै गाेल अञ्जन विष्टले गरे । उनले खेलकाे १८ औँ, २७ औँ र ३८ औँ मिनेटमा गाेल गरे ।

याेसँगै अञ्जन विष्ट राष्ट्रिय फुटबल टोलीबाट ह्याट्रिक पूरा गर्ने छैटौँ खेलाडी बनेका छन् । यस्तै उनले गाेल सङ्ख्या १० पुर्‍याएका छन् ।

यसअघि गणेश थापा, नरेश जोशी, निराजन रायमाझी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए ।

You might also like

Comments are closed.