Nepal's First Video FM

के नेपाल असुरक्षित भएकै हो त ?? हेर्नुहोस खुल्यो एक रहस्य

534

पछिल्लो समय नेपाली हवाई अकाश निक्कै असुरक्षित हुँदै गएको देखिएको छ । तर दुर्घटना कम गर्न गर्नु पर्ने कामहरुमा नागरिक उडड्यन प्राधिकरण भने चुकेको देखिएको छ ।

नागरिक उडडयन प्राधिकरणको महानिर्देशक बनेर सन्जीव गौतम आएको झण्डै तीन बर्ष वित्न लाग्यो तर यो अवधिमा १० ओटा भन्दा बढी दुर्घटनामा भइसकेको छ । उनी २०७२ साल जेठमा महानिर्देशक भए यता ठूला दुर्घटनाहरु भए तर हवाई दुर्घटना कम गराउने दिशामा उनले कुनै ठोस कदम चाल्न सकेका छैनन् ।

बरु झन पछि झन नेपालको उडड्यन क्षेत्र असुरक्षित हुँदै गएको देखिन्छ । २०७२ बैशाख १२ को भूकम्प गए लगत्तैबाट हवाई उड्डयन क्षेत्रको नेतृत्व गरेका गौतम महानिर्देशक भएपछि २०७२ सालमा अमेरिक हेलिकप्टर दुर्घटना भयो जहाँ १३ जनाको मृत्यु भएको थियो भने २०७२ जेठ १९ गते नै माउन्टेन एअरको हेलिकोप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो ।

त्यस्तै २०७२ फाल्गुन १२ गते म्याग्दीको दाना गाविसको सोलीघोप्टे भीरमा तारा एयरलाइन्सको विमान दुर्घटनामा प¥यो जसमा २५ जनाको ज्यान गयो भने त्यसको पर्सिपल्टै फागुन १४ गते एअर काष्ठमाण्डपको विमान कालिकोटमा दुर्घटना हुँदा २ जनाले ज्यान गुमाए । त्यस्तै २०७३ श्रावण २० गते हुम्लाको सिमिकोटमा पर्ने कर्णाली नदिमा मकालु एयरको दुर्घटना भयो ।

यसमा मानविय क्षती नभएपनि त्यसको चार दिन पछि २०७३ श्रावण २४ गते नुवाकोटको वेतिनी जङ्गल चुच्चेभिरमा भएको फिस्टेल एयरको दुर्घटनामा ७ जनाले ज्यान गुमाए । त्यस्तै २०७३ असोज ८ गते रुपन्देहीको भैरहवा विमानस्थलमै यती एयरलाइन्सको जहाज दुर्घटना भयो । मानविय क्षती नभएपनि यसले ठुलै असर ग¥यो ।

२०७४ जेठ १३ गते सोलुखुम्बुको लुक्लामा गोमा एयरको विमान दुर्घटना हुँदा २ जनाको मृत्यु भयो । त्यसको केही समयपछि २०७४ मंसिर १२ गते हुम्लाको सिमिकोट एयरपोर्टमा नै तारा एयरको दुर्घटना भयो ।

अघिल्लो महिना फागुन २८ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नै युएस बंगलाको विमान दुर्घटना भयो । जसमा ५१ जना नेपाली र बंगलादेशी नागरिकहरुले ज्यान गुमाए । महानिर्देशक गौतमले पद सम्हलेको ३४ महिनाको अवधिमा १० ठूला दुर्घटना हुँदा १०४ जना भन्दा बढीको मृत्यु भइसकेको छ । तर सुधार गर्नुपर्ने पक्ष अझै सुधार नभएको उडडयन क्षेत्रका जानकार हरिभक्त श्रेष्ठ बताउँछन् ।

नागरिक उडडयन प्राधिकरणलाई अहिले हवाई क्षेत्रको लाइसेन्स दिनेदेखि नियमन गर्नेसम्मको अधिकार छ । एउटै निकायले दुई जिम्मेवारी सम्हालेको कारण पनि नियमनको पाटो सधै फितलो देखिएको छ । अझ नेतृत्वले हवाई क्षेत्रको सुधारमा तदारुकताका साथ अगाडि बढ्न नसक्दा दुर्घटनाहरु हुने गरेको जानकारहरु बताउँछन् तर यसलाई सुधार गर्नुपर्ने धेरै ठाउँ छ भन्छन् जानकारहरु ।

यदि अवस्था यस्तै हुने हुने हो भने नेपाली आकाश कालोसूचिमा पर्ने खतरा छ । सिमरा विमानस्थलमा सन् १९५५ मा कालिंगा एयरको दुर्घटनाबाट शुरु भएको यो सिलसिला पछिल्लो समय तीव्र बनेको छ । तर हालसम्म पनि भएका दुर्घटनाहरुको कारण र त्यसको सुधारका लागि कुनैपनि प्रयासहरु निक्कै फितलो देखिएको छ ।

विमान दुर्घटना जस्तो संबेदनशिल विषयमा राज्य गम्भीर नहुनुको परिणाम पटक पटक दुर्घटना भइरहेको छ । दुर्घटना लगतै छानवीन समितीहरु बन्छन् र प्रतिबेदन तयार पार्छन् र सबै जसो प्रतिवेदनहरुले चालकलाई नै दोष देखाएका छन् भने केहीले भौगोलिक अबस्थालाई पनि यसको दोष देखाएका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलदेखि नेपालका अन्य साना ठूला विमान स्थलहरुको अवस्था अहिलेपनि सहज र सुविधाजनक छैन । कति एअरपोर्टहरुको धावन मार्ग कालोपत्रे नै छैन भने अधिकांश एअरपोर्टमा संयोगवस दुर्घटना भइहाल्यो भने त्यसको उद्धारका लागि स्रोत साधन र उपकरणहरु पर्याप्त छैन ।

तर उडडयन क्षेत्रको नेतृत्व जिम्मेवार नहुँदा निरन्तर दुर्घटनाहरु बढिरहेका छन् जस्ले मानिसको ज्यान लिइरहेको छ भने नेपालको उडडयन क्षेत्रमा चुनौतिहरु थपिएका छन् ।

You might also like

Comments are closed.