Nepal's First Video FM

नेपाल बैंक र गोरखापत्र संस्थानबीच सम्झौता – विश्वासका धरोहर दुई संस्थाबीचको सम्झौता यस्तो छ !

64

काठमाडाै‌ । नेपाल बैंक लिमिटेड र गोरखापत्र संस्थानबीच बैंकिङ्ग कारोवार लगायतका विषयमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ।

बुधबार बैंकको प्रधान कार्यालयमा आयोजित एक समारोहमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। उक्त सम्झौता अनुसार दुवै संस्थाबीच सेवाग्राही कर्जा, तलब खाता खोल्ने, प्रतितपत्र, निक्षेप लगायत अन्य बैंकिङ कारोबार, विज्ञापन तथा सूचना प्रकाशन सम्बन्धी विषयमा सहकार्य हुने बैंकले बताएको छ।

हस्ताक्षर समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष बिष्णु प्रसाद सुबेदीले नेपालको पहिलो र गर्विलो इतिहास बोकेको बैंकसँग सहकार्य गर्न पाउँदा निकै नै गर्वको अनुभूति भइरहेको धारणा व्यक्त गरे । उनले आगामी दिनमा यो सम्बन्ध थप मजबुत हुँदै जाने बिश्वास समेत व्यक्त गरे।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपालका पुराना र जनताको विश्वासका धरोहर बनिसकेका यी दुई संस्थाबीच भएको सम्झौताले आफू अत्यन्त हर्षित बनेको धारणा राख्दै गोरखापत्र संस्थान र त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई सरल, सहज र प्रतिपस्पर्धी बैंकिङ सेवा प्रदान गर्दै यो सम्बन्धलाइ आगामी दिनमा थप प्रगाढ बनाउँदै लैजाने प्रतिबद्दता समेत उनले व्यक्त गरे।

उक्त समारोहमा नेपाल बैंक र गोरखापत्र संस्थानका उच्च व्यवस्थापनका पदाधिकारीहरू लगायत अन्य कर्मचारीहरूको पनि उपस्थिती रहेको थियो।

नेपालभर २१९ शाखा, १८६ एटिएम साथै ४९ वटा एक्टेन्सन काउन्टरमार्फत करिब २१ लाख ग्राहकहरूलाई वित्तीय सेवा पुर्‍याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधिमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ।

You might also like

Comments are closed.