Nepal's First Video FM

सिटिजन्स बैंकको १६औ साधारण सभा कार्तिक ४ गते हुने , वाणिज्य बैंकमध्ये सभा गर्ने पहिलो बैंक

142

काठमाडौँ, सिटिजन्स बैंकले साधारणसभा मिति तय गरेको छ । बैंकको आज बुधबार बसेको संचालक समितिको बैठकले  बैंकको सोह्रौं वार्षिक साधारणसभा कार्तिक महिना ४ गते लाई तोकेको हो ।

यही असोज १२ गते बसेको सञ्चालक समितिको ४०४ औं बैठकले निर्णय गरेअनुसार सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारण सभा कात्र्तिक ४ गते, शुक्रबारका दिन बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा बस्ने भएको हो ।

आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गर अनुसार ९ प्रतिशतका दरले हुन आउने एक अर्ब २७ करोड ८० लाख ८७ हजार छ सय ६१ रुपैंयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु रहेका बताइएकाे छ ।

बैंकले फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.