Nepal's First Video FM

भियतनामसँग नेपालको लज्जासपत् हार , ५–० ले पराजित

34

काठमाडौं । एएफसी यू–१७ एसियन कप छनोट प्रतियोगितामा नेपाली युवा टोलीले आज आयोजक भियतनामसँग निरीह प्रदर्शन गरेको छ । नेपाल आज भियतनामसँग ५–० ले पराजित भएको हो ।

फु थोस्थित भियत त्रि रंगशालामा घरेलु टोली भियतनामले सातौँ मिनेटमा एनगुएन कोङ फुओङको गोलबाट अग्रता लिएको थियो । त्यसको पाँच मिनेट बित्न नपाउँदै बुई होआङ सनले गरेको गोलबाट भियतनामले अग्रता दोब्बर बनायाे । १६औँ मिनेटमा भी दिन थुओङले तेस्रो गोल थपे ।

२९औँ मिनेटमा ली दिन लोङ भुले अर्को गोल थपेपछि भियतनामले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । वैकल्पिक खेलाडी हुयन भान डानले इन्जुरी समयमा पाँचौँ गोल थपे ।

You might also like

Comments are closed.