Nepal's First Video FM

नवौं राष्ट्रिय खेलकुद, प्याराग्लाइडिङ दुर्घटना : आकाश बाट खसे संगै देशले एउटा खेलाडी पनि गुमायो

नवौं राष्ट्रिय खेलकुद, प्याराग्लाइडिङ दुर्घटना

36

काठमाडौँ, पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको प्याराग्लाइडिङ खेलमा सहभागी त्रिभुवन आर्मीका निसिम थापाको दुर्घटनामा परि आइतबार ज्यान गएको थियो ।

दुर्घटनालगत्तै क्यानले देशभर नै अनिश्चितकालका लागि प्याराग्लाइडिङ उडानमा नै रोक लगाएको छ । निसिमको सोमबार अन्त्येष्टि गरिएको छ। निसिम यो स्पर्धामा पदकका दाबेदार खेलाडी थिए। यसअघि उनले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि सोही इभेन्टमा रजत पदक जितेका थिए।

त्रिभुवन आर्मी क्लबमा आबद्ध उनले रजत जित्दा यो पटक स्वर्ण जित्ने सपना देखेका थिए। तर आइतबारको दुर्घटनापछि उनको यो सपना सधैँका लागि अधुरो रह्यो। जीवनमा अनेक संघर्ष गर्दै दशकयता पोखराको आकाशमा हावासँग खेलिरहेका उनी अब फर्केर आउने छैनन्।

उनको सोमबार अन्त्येष्टि गरिएको छ। उनको शवयात्रामा बुवा प्रकाश थापा मलिन अनुहार मा थिए। आमा सावित्री भाबबिवल अवस्थामा आखा बाट आसुका धारा बगाई रहेकी थिइन् निमिसको अन्तिम संस्कारसँगै उनका सपना पनि हावामा बिलाएर गए।

निमिस परिवारका एक्ला सन्तान थिए। आइतबारको दुर्घटनाले आमा–बुवाले एउटा सन्तान मात्र गुमाएनन्, देशले एउटा खेलाडी पनि गुमायो।

You might also like

Comments are closed.