Nepal's First Video FM

समान हैसियत नभए पार्टी एकता हुदैँन : रायमाझी

541

चैत १३, पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले चित्त बुझदो नभए पार्टी एकता नहुने बताएका छन् । रिपोर्टस क्लव नेपाल पाचँ नम्बर प्रदेशले बुटबलमा गरेको साक्षात्कारमा रायमाझीले घडी, समय पोला तोकेर पार्टी एकता हुने विषय हैँन, पार्टी एकता हुदाँ समान हैसियतमा मात्र एकता हुन्छ, आफनो औकात अनुसारको हैसियतमा मात्र एकता गछौँ, सम्मान जनक, समान हैसियतले नभए पार्टी एकता हुदैँन रायमाझीले भने ।

बाम एकता हुदाँ चुनावी तालमेल हुदैँन भनेर हल्लाहरु भए, सरकार बन्ने कुरामा आशंका गरियो, सरकार बन्दैन भनीयो, त्यसपछी पार्टी एकता टिप्पणी आउँनु स्वभाविक हो, निकट भविष्यमा पार्टी एकता गराएरै छाडँछौ, सम्पुर्ण बामपन्थी शंक्तीहरुलाई एउँटै कम्युनिष्ट पार्टी बनाउँछौं उनले भने ।

उनले देशमा विगतका समयमा सरकार निमार्ण हुदाँ राजनितिक स्थीरता नभएकाले अहिले पुर्ण दुई तिहाई सहितको सरकार निमार्ण गरेकोले प्रतिपक्ष सँग सहकार्य गरेर विकासका काममा अगाडी बढ्ने बताए । प्रतिपक्षले सहकार्य गर्ने जानकारी गराईसकेकोले सहकार्य गर्न तयार बाम गठबन्धनको सरकार पनी तयार रहेको उनले बताए ।

राष्ट्र राष्ट्रिय सम्बन्धलाई गाढा बनाउँनका लागी प्रधानमन्त्रीको भ्रमण ऐतिहासिक हुने बताए । उनले अर्कोको देशको विषयमा बोल्न आवश्यक नभएको ईयुलाई चेतावनी दिए । ईयुले दिएको सुझाव ठिक भए लिने नत्र लागु नहुने बताए।

पाचँ नम्बर प्रदेशको राजधानी जनप्रतिनिधीले पायक पर्ने ठाउँमा माग्नु स्वभाविक हो, उचीत र सहि ठाउँमा राख्न सुझाव रहने बताउँदै पाँच नम्बर प्रदेशमा पहाड र तराई अलग नगराउँनका लागी धेरै आन्दोलन गरेर जोगाएकोले स्थायी राजधानी राख्न सल्लाह दिने बताए । कार्यक्रम रिपोर्टस क्लव पाचँ नम्बर प्रदेश संयोजक रामकुमार क्षेत्रीको अध्यक्षता र कपील ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको हो ।

साभार हिन्दुखबर डट कम

You might also like

Comments are closed.