काठमाडौं- कन्जरभेटिभ पार्टीका नेता ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री लिज ट्रससँग पराजित भएको दुई महिनामै कन्जरभेटिभ पार्टीका तर्फबाट उनी प्रधानमन्त्री बन्न लागेका हुन्।
यससँगै सुनाक बेलायतको पहिलो एसियाली मूलका प्रधानमन्त्री बन्ने भएका हुन्। सात हप्ताअघि मात्र दलको चुनावमा उनी लिज ट्रससँग पराजित भएका थिए। तर, लिजको सरकार डेढ महिनामै ढलेपछि प्रधानमन्त्री बन्ने मौका दोहोर्याएर सुनाकले पाएका हुन्।
सुनाक औपचारिक रुपमा आइतबार प्रधानमन्त्री नियुक्त हुनसक्ने बताइएको छ। कुनैबेला भारतलाई उपनिवेश बनाएको बेलायतमा पहिलो पटक भारतीय मूलका ऋषि प्रधानमन्त्री बन्ने भएका हुन्।
बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका ऋषि सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित भएका थिए। प्रधानमन्त्रीका रूपमा ट्रसले ४५ दिनभन्दा बढी काम गर्न सकिनन्। त्यसपछि ऋषि फेरि प्रधानमन्त्रीको दौडमा सामेल भएका हुन्।
Comments are closed.