Nepal's First Video FM

३२ जिल्लाका १ सय ७७ वनमा आगलागी

447

चैत १३, गर्मीयाम शुरु भएसँगै मुलुकका ३२ जिल्लाको १ सय ७७ वनमा आगलागी भएको छ ।

वन विभागका अनुसार अर्घाखाँची, बारा, भोजपुर, चितवन, दाङ, धादिङ, धनकुटा, धनुषा, डोटी, दोलखा, डडेलधुरा, गोरखा, जुम्ला, काभ्रे, कपिलबस्तु, महोत्तरी, नवलपरासी, ओखलढुंगा, पाँचथर, पर्सा, रौतहट, रसुवा, सिन्धुली, सोलुखुम्बु, सुनसरी, सप्तरी, सर्लाही, सिरहा, सुर्खेत, तनहुँ, तेह्रथुम र उदयपुरका वनमा आगलागी भएका हुन् ।

विभागका सहायक वन अधिकृत डम्बरबहादुर भण्डारीले हिउँद यामसँगै हावाहुरी र गर्मीले धेरै वनमा आगलागी हुने गरेको जानकारी दिए । “देशभर कति हेक्टरमा आगलागी भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ,”, उनले भने ।

गत आर्थिक वर्षमा विभिन्न जिल्लाका तीन लाख ५० हजार हेक्टरमा आगलागी भएको थियो । रासस

You might also like

Comments are closed.