चैत १३, एमाले सांसद एवम् गायिका कोमल वलीले मंगलबार राष्ट्रिय सभाको बैठकलाई कवितामय बनाइन् । लय हाली–हाली सुनाइएको कविताले वैठकमा सहभागी सांसदहरु समेत मज्जाले लठिए । राष्ट्रियसभामा दोस्रो पटक बोलेकी वलीले सार्दुल बिक्रीडित छन्दमा शहीदप्रति सम्मान गर्ने कविता सुनाएकी थिइन् ।
‘म कलाकारिता क्षेत्रबाट आएकाले त्यसरी नै आफ्ना कुरा राख्नुस् न भन्ने केही माननीय सदस्यको सुझावका आधारमा म आज कविता सुनाउँदै छु,’ कविता सुनाउनुअघि उनले भनिन् । वलीले सुनाएको कतिवा शहीदहरुप्रति समर्पित थियो । वलीले संसदमा सुनाएको कविताका केही हरफहरू:
तिम्रो जन्म हुँदा थियो क्षितिजमा दुर्भाग्यको बादल,
काँप्थ्यो थरथर मेरुदण्ड युगको बज्दैनथ्यो मादल ।
चिर्दै चरचर अन्धकार तिमीले राँको लिँदै हातमा,
खोस्री मार्ग कठीन बन्ने रहर पन्छाउँदै रातमा ।।
कविता सुनाएपछि वलीले आम नेपालीले चाहको समृद्धिको मार्गमा अवरोध सिर्जना हुन थालेको बताइन् । ‘यो कुरा हामीलाई सामान्य लाग्न सक्ला, तर निर्वाचन पर्यवेक्षणको नाममा युरोपेली युनियन (ईयू)ले जुन किसिमको रिपोर्ट दियो त्यसले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिल्याउन प्रयासरत छ,’ वलीले भनिन्, ‘आमनेपाली जनताबीच रहेको सद्भावबीच बेमेल सिर्जना गर्न खोजिएको यस प्रयासलाई प्रतिकार गर्न सकेनौं भने भविष्यमा अन्य ठाउँबाट पनि यस्ता रिपोर्ट आउन सक्छन् ।’
तर वली बोल्दै गर्दा निर्धारित समय सकिएकाले माइक काटियो । संसदमा पहिलो पटक लय हालेर छन्द कविता वाचन गर्दा सांसदहरूले निकै चाखका साथ ओलीको कविता सुनेका थिए ।
साभार नयाँ पेज डट कम
Comments are closed.