Nepal's First Video FM

चोरी गरी फरार दुई जना पक्राउ

422

चैत १३, धुलिखेल । चोरी गरी फरार रहेका दुई जनालाई आज पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सुनिलजंग शाहका अनुसार पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगपालिका–६ का लक्षु कार्की र सोही ठाउँका गणेश लामा रहेका छन् ।

उनीहरु मण्डन देउपुर नगरपालिका–२ मा चोरी गरी फरार रहेका थिए । दुवैजनालाई आज सार्वजनिक गरिएको हो । प्रहरीले उनीहरुका साथबाट एक लाख ६ हजार, दुई हजार भारतीय रुपैयाँ, मोबाइल तीन थान, सुनको सिक्री एक थान, औठी एक थान तथा चोरी गर्न प्रयोग गरिएको एउटा गाडी जफत गरिएको शाहले बताए ।

मुण्डन देउपुर नगरपालिका–२ स्थित सानुकान्छा तामाङको पसलमा गत शनिबार चोरी गरी फरार भएपछि तामाङको जाहेरीका आधारमा उनीहरुलाई भक्तपुरबाट प्रहरीले पक्राउ गरेको हो ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.