Nepal's First Video FM

२ नं. प्रदेशको महत्वकांक्षी सयदिने कार्ययोजना सार्वजनिक

607

चैत १३, २ नं. प्रदेश सरकारले आफ्नो सयदिने कार्ययोजना सार्वजनिक गरेको छ । प्रदेश दुईको मन्त्रिपरिषद कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री लालबाबु राउतले विभिन्न महत्वकांक्षी योजनासहितको सय बुँदे कार्ययोजनमा सार्वजनिक गरेको हो ।

योजनामा बेटी बचाउः बेटी पढाउ, एकपरिवार एक रोजगार, मुख्यमन्त्री सडक योजना, महिला सुरक्षा डेस्क, आपकी सरकार आपकी द्वार, मुख्यमन्त्री राहतकोष जस्ता नारायुक्त कार्यक्रम समावेश गरिएको छ ।

वर्षेनी हुने बाढी, आगलागी, शितलहर लगायतको विपदबाट हुने जनधनको क्षतिको बेला जनतालाई रहत तथा सहयोग गर्नका लागि मुख्यमन्त्री राहत कोषको स्थापना गरिनेछ र कोष अन्तर्गत प्रकृतिक प्रकोप नियन्त्रण अध्ययन तथा अनुगमन समिति तथा राहत उद्धार समिति हुने कार्ययोजनमा उल्लेख छ ।

You might also like

Comments are closed, but trackbacks and pingbacks are open.