Nepal's First Video FM

पाकिस्तानलाई हराउँदै इंल्याण्डले जित्यो विश्वकप – इंग्ल्याण्डलाई १२ वर्षपछि विश्वकप क्रिकेटको उपाधि

75

काठमाडौँ, आईसीसी टि २० क्रिकेट विश्वकपको उपाधि इंल्याण्डले जितेको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा इंल्याण्डले पाकिस्तानलाई ५/ ६ विकेटले पराजित गरेको हो ।

६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि उचालेको छ। यता १३ वर्षपछि विश्वकपको फाइनलमा पुगेको पाकिस्तानको उपाधि उचाल्ने सपना तुहिएको छ।

सन् २००९ पछि पहिलो पटक फाइनलमा पुगेको पाकिस्तान इंग्ल्याण्डसँग पराजित भएसँगै दोस्रो पटक उपाधि उचाल्ने सपना अधुरै रहेको हो। त्यो बेला श्रीलंकालाई ८ विकेटले हराउँदै पाकिस्तानले पहिलो उपाधि उचालेको थियो। त्यसपछि पाकिस्तान फाइनलमा पुग्न सकेको थिएन।

You might also like

Comments are closed.