चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता भृकुटीमण्डपमा शुरु
चैत १४, चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता मगलबार बाट भृकुटीमण्डपमा शुरु भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले आयोजना गरेको सो प्रतियोगिता यही चैत १७ गतेसम्म जारी रहने छ । प्रतियोगितामा ३५ जिल्लाबाट ४० समूह सहभागी छन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख ५१ हजार १००, रु एकलाख एक हजार १०० र रु ५७ हजार ७७७ नगदसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठनका सचिव राधिका हमालले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले विभिन्न जातजाति समुदायका परम्परा, भाषा, संस्कृतिले अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाएको बताउनुभयो ।
सांसद कोमल ओली, प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही, वरिष्ठ गायक कुमार बस्नेत र नारायण रायमाझीलगायतले देशको समग्र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताउँदै पछिल्लो समयमा लोक दोहरीको व्यवसायिकता बढदै गएकोमा खुशी व्यक्त गर्नुभयो । प्रतिष्ठनका अध्यक्ष बद्री पंगेनीले केही वर्ष पहिले लोक दोहरी ग्रामीण भेगमा मात्र गाउने गरिएकामा अहिले यसको लोकप्रियताले अन्तर्राष्ट्रिय बजारमा पनि महत्व प्राप्त गरेको बताउनुभयो ।
रासस
Comments are closed.