Nepal's First Video FM

फोर्ब्सको ‘३० मुनिका प्रभावशाली ३०’ मा दुई नेपाली महिला

654

चैत १४, विश्वविख्यात फोर्ब्स म्यागजिनले प्रकाशित गरेको एशियाका ‘३० मुनिका ३०’ मा दुई नेपाली महिला उद्यमी पनि परेका छन् । ३० वर्षभन्दा कम उमेरका ३० जना प्रभावशाली एशियाली युवा उद्यमीहरुलाई समेटेर सूची प्रकाशित गरिएको हो, जसमा सामाजिक उद्यमशीलता विधामा नेपालका आयुषी केसी र कञ्चन अमात्य छनोटमा परेका छन् ।

केसी फोहोर व्यवस्थापनमा क्रियाशील ‘खालीसीसी डट कम’ की संस्थापक हुन् भने अमात्य ‘दिगो माछा खेति अभियान’ नामक संस्थाकी अभियन्ता तथा उद्यमी हुन् । खालीसीसीले पुनःप्रयोग गर्न मिल्ने फोहोरको व्यवस्थापनमा योगदान दिएकाले सूचीमा राखिएको फोब्र्सले जनाएको छ ।

फोर्ब्सले प्रस्तुत गरेको केसीको प्रोफाइलमा भनिएको छ, ‘आयूषी केसी नेपालमा जिरो-वेष्टतर्फ काम गरेर संसार बदल्न खोजिरहेकी छिन् । पूर्व यूएसएआइडीकी कर्मचारीबाट सामाजिक उद्यमी बनेकी केसीले खालीसीसी म्यानेजमेन्ट प्राली स्थापना गरेकी छिन्, जसको सम्पर्कमा अहिले १३ सय जना कवाडी संकलनकर्ताहरु छन् ।’

त्यस्तै अमात्यको प्रोफाइलमा भनिएको छ, ‘अमात्य दिगो मत्स्य खेती अभियानकी एक अभियन्ता र उद्यमी हुन् । उनको संगठन दिगो जलीयकृषि मार्फत खाद्य असुरक्षा र गरीबीको समाधानमा केन्दि्रत छ । ग्रामीण महिलाहरुलाई वित्त, प्रविधि, स्थानीय साधन र तालिम प्रदान गरेर आफ्नै साना उद्यम सञ्चालन गर्न यसले सक्षम बनाउँछ ।

सचित पण्डित, निशान चण्डी श्रेष्ठ र सुवास श्रेष्ठको इको सेलले वातावरणमैत्री भूकम्प प्रतिरोधी भवन निर्माण सामाग्री उत्पादन गर्छ । उनीहरूले आउँदो जुलाईमा हङकङमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिताको अवसर पाउनेछन् । सम्मेलनमा सहभाभागी हुनेले नेटवर्किङ तथा लगानी जुटाउने अवसरका साथै एक-अर्काको अनुभव आदानप्रदान गर्न पाउनेछन् ।

अनलाइन खबर

You might also like

Comments are closed.