Nepal's First Video FM

१४ वर्षपछि पाकिस्तानलाई हरायो नेपालले : अञ्जनको गोलले छायो खुशीयाली

106

काठमाडौं : अञ्जन विष्टको निर्णायक गोलप्रेरित नेपालले १४ वर्षपछि पाकिस्तानलाई पराजित गरेको छ।

रंगशालामा खेलेको ५०औं खेलमा नेपालले सन् २००८ पछि पहिलो पटक पाकिस्तानविरुद्ध जित निकाल्न सफल भयो। त्यसयता भएका पाँचमध्ये तीन खेलमा पराजित नेपालले दुई खेल बराबरीमा टुङ्ग्याएको थियो।

दशरथ रंगशालामा तीन वर्ष फिफाको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तानलाई १-० ले पराजित गर्दा नेपालका लागि ८३औं मिनेटमा अञ्जनले गरेको एक मात्र गोल निर्णायक बन्यो।

पाकिस्तानविरुद्ध खेलेका १७ खेलमा नेपालको यो सातौं जित हो। त्यसबाहेक पाँच खेलमा बराबरी तथा पाँच खेलमा बराबरीको इतिहास छ। तेस्रो पक्षको हस्तक्षेपका कारण तीन वर्ष प्रतिबन्धमा परेको पाकिस्तानले अन्तिम खेल २०१९ मा खेलेको थियो।

अञ्जनले नेपालबाट गरेको यो ११औं गोल हो। सर्वकालीन सर्वाधिक गोलकर्ताको सूचीमा बराबरी गर्न अब अञ्जनलाई दुई गोल मात्रै आवश्यक हुनेछ। सर्वाधिक १३ गोलको कीर्तिमान हरि खड्का र निराजन रायमाझीको नाममा छ।

You might also like

Comments are closed.