Nepal's First Video FM

यात्रुबाहक बस दुर्घटना हुदा एकको मृत्यु, १० जना घाइते

683

चैत १४, पोखराबाट नारायणगढ जाँदै गरेको यात्रुबाहक बस पोखरामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएको डाँडाकोनाक प्रहरी चौकीले जनाएको छ ।

ना ५ ख ३४१ नम्बरको बस बुधबार बिहान पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ स्थित लामेआहलमा बिहान ८ बजे सडकमा पल्टिएको थियो ।

बसका सहचालक लमजुङ जिल्ला धमेलीकुवाका ४० वर्षीय सुजन गुरुङको उपचारका क्रममा पश्चिम क्षेत्रीय अस्पताल पोखरामा निधन भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते १० जनाको क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ । अन्नपुर्ण पोष्टमा खबर छ ।

You might also like

Comments are closed.