Nepal's First Video FM

ईयूको प्रतिवेदन सर्वभौम राष्ट्रमाथि ठाडो हस्तक्षेप हो : नेता गच्छदार

568

चैत १४, नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका सम्बन्धमा युरोपेली संघले दिएको प्रतिवेदन सर्वभौम स्वतन्त्र राष्ट्रमाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् ।

विराटनगर विमान स्थलमा बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै संघले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर टिप्पणी गरेकामा त्यसको विरोधसमेत गरे ।उनले भने-‘संविधानमा आरक्षणको प्रयोग नभएको स्पष्ट पार्दै जनसंख्याको आधारमा प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाको सिट निर्धारण भएको हो ।’

नेता गच्छदारले सरकारको जिम्मेवार स्थानमा बसेका मन्त्रीबाट शेयरसम्बन्धी टिप्पणीबाट आज शेयर बजार खस्केको छ भन्दै आर्थिक विषयमा ध्यान पु¥याएर बोल्नुपर्नेमा जोड दिए ।

नेपाली काँंग्रेस संसदीय दलका उपनेता समेत रेहका गच्छदारले वर्तमान सरकारको एक सय दिन पूरा नभएकाले अहिले नै कुनै टिप्पणी नगर्ने बताए ।

एक प्रश्नको जवाफमा नेता गच्छदारले नेपाली काँग्रसको केन्द्रीय समितिको बैठक अहिले सम्पन्न नभएको महासमिति र महाधिवेशनको कहिले बोलाउने भन्ने सम्बन्धमा कुनै निर्णय नभएको जानकारी दिए । रासस

You might also like

Comments are closed.